१ मिनेट सम्हालिन नसक्दा बार्सिलोना पराजित

काठमाडौं, ३२ साउन । खेलको ८९ औं मिनेटमा गोेल गर्दै बिल्बाओले लीग विजेता बार्सिलोनामाथि जीत दर्ता गरेको छ ।

शनिबार बिहान सम्पन्न खेलमा लालीगाको पहिलो खेलमै बार्सिलोना अप्रत्यासित रुपमा परिाजित भएको हो । बार्सिलोनामा कप्तान मेसी अनुपस्थित थिए ।

उनी गोडाको चोट बोकेका कारण लालीगाको २०१९\२० सिजनको पहिलो खेलमा उपस्थित हुन नसकेका हुन् ।

बिल्बाओको घरेलु मैदानमा सम्पन्न खेलमा ब्राजिलियन फरवार्ड फिलिप काउटिन्हो पनि मैदानमा उत्रिएनन् । उनी लोनमा बार्यन म्युनिख जाने तयारीमा छन् ।

खेलको १ मिनेट सम्हालिन नसकेपछि बार्सिलोनाले महत्वपूर्ण तीन अंक सुम्पिएको हो । बल पोजिसन भने बार्सिलोनाको पक्षमा थियो ।

तर, अग्रपंक्ति प्रभावशाली देखिएन । लुइस सुवारेजले ३७ औं मिनेटमा चोट बोक्दै बाहिरिनु र मेसीको अनुपस्थिति बार्सिलोनाका लागि ठूलो घाटा बन्न पुग्यो ।

सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका बिल्बाओका अडुरिजले गोल गर्दै घरेलु टोलीलाई जिताएका हुन् ।

पाका खेलाडी अडुरिज यसै सिजनपछि सन्यासको घोषणा गरिसकेका खेलाडी हुन् ।

यसै सिजनमा बार्सिलोना छिरेका ग्रिजम्यानलाई शनिबारको खेलमा मुख्य जिम्मेवारी दिइएको थियो । तर अग्रपंक्तिमा उनले खासै प्रभाव छाड्ने भने सकेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here