दशैंमा सहज होला हवाई यात्रा ?

काठमाडौं, १ भदौ । वायुसेवा कम्पनीहरुबीचको तिब्र प्रतिस्पर्धले यात्रुलाई फाइदा हुन निश्चित छ ।

प्रतिस्पर्धाकै बीच निजी क्षेत्रको तेस्रो ठूलो कम्पनी श्री एयरलाइन्सले आइतबार थप एक जहाज काठमाडौं अवतरण गराउँदैछ ।

८० सीट क्षमताको बम्बाडियर जहाज काठमाडौं आएसँगै श्री एयरलाइन्सले पोखरा, भरतपुर, सिमरासहितका आफ्नो लागि गन्तब्यमा उडान बिस्तारको योजना बनाएको छ ।

यी गन्तब्यमा यसअघि बुद्ध, यति, नेपालएयरलाइन्सजस्ता कम्पनीले उडान गरिरहेका थिए । त्यसो त श्रीले आगामी साता नै अर्को थप एक जहाज पनि भित्राउँदैछ ।

श्रीसँग यी दुई जहाजसहित कूल ६ जहाज हुनेछन् । बुद्ध र यति सँग करीव एक एक दर्जन जहाज छन् । केही साना कम्पनीले पनि दशैंको मुखमा उडान बढाउन छन् ।

ठूलो कम्पनीले पनि दशैंमा निकै धेरै उडानको तालिका बनाउँछन् । यसअनुसार आगामी चाडबाडमा यात्रुले सहज वातावरणमा उड्न पाउने अपेक्षा गरिएको छ ।

किनकी एक वर्ष भित्रै कम्पनीहरुले करीव आधा दर्जन थप जहाज नेपाली आकासका लागि भित्राइसकेका छन् । ती पनि ठूला जहाज, जसले एकै पटकमा ७० देखि ८० जना सम्म यात्रु बोक्न सक्छन् ।

आन्तरिक उडानमा तराई भेगको यात्रा सहज भएपनि पहाडी भेगमा भने सास्ती कायमै छ । किनकी नेपाल वायुसेवा निगमले भएका आफ्ना जहाजलाई राम्रोसँग उडाउन सकिरहेको छैन ।

तारा, गोमा, सीता, सिम्रिकजस्ता साना कम्पनीको क्षमता पनि कम छ । ठूला कम्पनी भने सुगममा मात्र प्रतिस्पर्धा गरिरहेका छन् ।

यसकारण चाडबाडमा दूर्गम भेगमा जाने यात्रुले भने यस पटक पनि सास्ती नै भोग्नु पर्नेछ । केही समय अगाडी नेपाल एयरलाइन्सले दूर्गममा उड्ने सानो जहाज वाई १२ बाट धमाधाम परीक्षण उडान गरेपनि त्यसको विश्वसनीय सेवा छैन ।

एक दिने उडेर एक महिना बन्द हुने कारणले निगमले आफ्नो विश्वसनीयता भने घटाइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here