१८ घण्टापछी खुल्यो पृथ्वीराजमार्ग

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धार्केको गणेशखोलाको पुल भासिएपछि अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

सोमबारदेखि अवरुद्धसडक बिहान १० बजेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।

राजमार्ग १८ घण्टादेखि अवरुद्ध थियो । कतिपय साना सवारी साधनले काठमाडौं आउँदा गल्छी हुँदै नुवाकोटको बाटो र काठमाडौं बाहिर जाने सवारी साधनले त्रिभुवन राजपथ हुँदै हेटौंडाको बाटो प्रयोग गरिररहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here