सिम्रिक एयरका सम्पूर्ण उडानमा प्रतिबन्ध

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सिम्रिक एयरका सबै हेलिकोप्टरलाई अर्को निर्णय नहुन्जेलसम्मका लागि ग्राउन्डेड गरिदिएको छ ।

दुर्घटनापछि प्राधिकरणको सेफ्टी विभागले सिम्रिकका सबै हेलिकोप्टरको विस्तृत निरीक्षण, वायुयानको उडान योग्यता, हवाई सुरक्षा व्यवस्थापन प्रणालीको अडिट गर्ने जनाउँदै शुक्रबार उक्त कम्पनीलाई ग्राउन्डेड गरिएको बारे पत्र पठाएको छ ।

सिम्रिक एयरसँग चार वटा हेलिकोप्टर थिए । तीमध्ये एउटा शुक्रबार संखुवासभामा दुर्घटनामा परेपछि अब तीन वटा मात्र बाँकी छन् ।

शुक्रबार दिउँसो १ बजे अरुण तेस्रो जलविद्युत आयोजनाको सामग्री बोकेर गएको सिम्रिक एयरको ९एन-एजेजेट हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको थियो । हेलिकप्टरमा सवार क्याप्टेन सुरेन्द्र पौडेलसहित ५ जना परेका छन् । जसमध्ये १ जनाको मृत्यु भइसकेको छ भने ४ जना घाइतेको काठमाडौँमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here