बेलायतका राजा चार्ल्सको राज्याभिषेकमा हजार करोड भन्दाबढी खर्च

एजेन्सी । बेलायतका राजा राजा चार्ल्स र रानी क्यामिलाको आज राज्य अभिषेक भएको छ । वेस्टमिन्स्टर एबे चर्चमा दिउँसो ३ः ४५ (नेपाली समय अनुसार) राज्य अभिषेक भएको हो ।

यसअघि सन् १९५३ मा महारानी एलिजाबेथको राज्य अभिषेकको ७० वर्ष पश्चात् हुन लागेको यो समारोहलाई विश्व समुदायले चासोका साथ हेरेको छ ।

राज्याभिषेकका लागि एक हजार करोड भन्दा बढी खर्च लाग्ने जनाइएको छ ।

समारोहमा राजा चार्ल्स ७०० वर्ष पुरानो सेन्ट एडवर्डको कुर्सीमा बस्नेछन् भने उनको अभिषेकको लागि १२ औँ शताब्दीको सुनको चम्चा र पवित्र तेल प्रयोग गरिने बताइएको छ । गत वर्ष सेप्टेम्बर ८ मा महारानी एलिजाबेथको निधनपछि चार्ल्सलाई बेलायतको राजा घोषित गरिएको थियो ।

२.२३ किलो तौलको सुन र हीरा जवाहरात जडित उक्त श्रीपेच राजाहरूले राज्याभिषेकको बेला मात्रै पहिरिने परम्परा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here