राजा चार्ल्स तृतीय यो राजमुकुट पहिरिने सातौँ शासक

एजेन्सी । चार्ल्स तृतीयले वेस्टमिन्स्टर एबीमा आयोजित विशेष समारोहबीच राजमुकुट ग्रहण गरेका छन् । राजमुकुट लगाइदिनु अघि उनले शपथ लिएका थिए भने पवित्र तेलले अभिषेक गरिएको थियो।

त्यसपछि रानी क्यामिलियालाई पनि सोही प्रक्रियाबाट रानी मेरीको राजमुकुट लगाइएको थियो। उक्त कार्यक्रममा राजा चार्ल्सले उनका हजुरबुवाको क्रिमशन भेल्भेट रोब पहिरिएका थिए।

चार्ल्स तृतीय यो राजमुकुट पहिरिने सातौँ शासक हुन् । यसअघि, चार्ल्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जोर्ज पञ्चम, जोर्ज छैटौँ र एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिएका थिए । उक्त राजमुकुट पछिल्लोपटक सन् १९५३ मा महारानी एलिजाबेथले उनको राज्याभिषेकमा पहिरिएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here