अटो महाकुम्भ भदौ १० देखि

-जितेन्द्र खनाल

काठमाडौं, १ भदौ । नेपाली अटोमोबाइल्स व्यावसायको महाकुम्भ मानिने नाडा अटो शोको १४ औं संस्करण भदौ १० देखि १५ गतेसम्म हुने भएको छ ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आज एक पत्रकार सम्मेलन गरी मेलाको बारेमा जानकारी दिएको हो ।

काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म चल्ने मेलामा नेपाली सडकमा गुड्ने सबै ब्राण्डका चारपाङ्ग्रे गाडी तथा दुई पाङ्ग्रे मोटरसाइकल स्कुटर कम्पनीको सहभागीता हुने नाडाका अध्यक्ष शम्भु प्रसाद दाहालले बताए ।

नाडा अटोमोवाइल्स् एसोसिएसनको आयोजनामा हुन लागेको मेलामा सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा जस्ता सुविधाहरु एकै छानामुनी उपलब्ध हुने छ ।

मेला लक्षित गरी विभिन्न कम्पनीहरुले छुटको अफर ल्याएका छन् भने विभिन्न नयाँ मोडलका गाडी, मोटरसाइकलहरु पनि सार्वजनिक गरीने बताइएको छ ।

प्रदर्शनीमा साना ठुला गरी १ सय ६० वटा स्टल तथा ब्लकहरु रहने छन् । जसमा अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका, राष्ट्रिय ब्राण्डका अटो सामग्री, र वित्तीय संस्थाहरुको स्टलका साथै महानगरीय ट्राफिक प्रहरी महाशाखाको सूचना कक्ष समेत रहने छ ।

प्रर्दशनीमा २३ ब्राण्डका चार पाङ्ग्रे, १९ ब्राण्डका दुईपाङ्ग्रे, १२ ब्राण्डका लुब्रिकेन्ट, ९ ब्राण्डका टायर, ५ ब्राण्डका ब्यटरी, १४ वटा पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तिय संस्थाहरुको सहभागीता हुने आयोजक नाडाले बताएको छ ।

‘मेलामा ७५ हजार आगन्तुकहरुले अवलोकन गर्ने लक्ष्य रहेको छ’ अध्यक्ष दाहालले भने, ‘आगन्तुकहरुलाई समस्या नहोस भनेर अस्थायी आकाशे पुल समेत निर्माण गरीने छ ।’

मेला अवलोकनका लागि आउने मध्ये एकजना भाग्यशाली आगन्तुकलाई लक्की ड्र मार्फत जिपिएक्स जेन्टलमेन २०० सीसीको मोटरसाइकल उपहार दिइने पनि नाडाले जानकारी दिएको छ ।

त्यस्तै मेलाको प्रवेश शुल्क सामान्य व्यक्तिको लागि २०० रुपैयाँ र विद्यार्थीको लागि १५० रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here