डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारमा दोषी ठहर, ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने

काठमाडौं । संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्। न्युयोर्कस्थित एक अदालतले उनलाई दोषी ठहर गर्दै ५० लाख डलर क्षतिपूर्ति तिराउने फैसला सुनाएको छ।

एक पत्रिकाकी लेखिका ई जिन क्यारोलले सन् १९९० मा ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिइन् । साथै आफ्नो बदनाम गरेको भन्दै लेखिकाले ट्रम्पमाथि मानहानीको मुद्दा हालेकी थिइन् । उक्त मुद्दामा पनि ट्रम्प दोषी ठहरिएका छन् ।

तर, एक डिपार्टमेन्टल स्टोरमा क्यारोलमाथि बलात्कार भएको भन्ने आरोपमा भने ट्रम्पले सफाइ पाएका छन् । उक्त बलात्कारको आरोपमा उनी दोषी नभएको अदालतले ठहर गरेको छ ।

म्यानहटनको संघीय अदालतमा दुई हप्तासम्म चलेको सुनुवाइका क्रममा ट्रम्प उपस्थित भएका थिएनन् । साथै उनले आफूमाथिको सबै आरोप अस्वीकार गर्दै आएका थिए ।

आगामी वर्ष अमेरिकाको राष्ट्रपतिका लागि चुनाव लड्ने योजनामा रहेका ट्रम्पलाई यस घटनाले ठूलो झड्का लाग्न सक्ने अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यौन दुर्व्यवहार मुद्दामा दोषी ठहरिएका ट्रम्पले मानहानी सम्बन्धमा ३० लाख र दुर्व्यवहार सम्बन्धमा २० गरी जम्मा ५० लाख अमेरिकी डलर क्षतिपूर्ति दिनु पर्ने छ ।

अदालतको फैसलापछि ट्रम्पले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जाल ट्रुटमा ट्रम्पले लेखेका छन्, ‘मलाई पूर्ण रुपमा कुनै आइडिया छैन कि यी महिला को हुन्। यो फैसला एक अपमान हो।’

ट्रम्प यसअघि एक यौनकर्मीको विवादमा पनि फसेका थिए। उक्त विवाद अदालतमा विचाराधीन अवस्थामा नै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here