आईएमई लाइफ दोस्रो वर्षमा, ९१ करोड बिमा संकलन

काठमाण्डौं, १ भदौ । आइएमई समूहद्वारा प्रवर्द्धित आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यावसायीक कारोवार सञ्चालन भएको दुई वर्ष पूरा भएको छ ।

कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरि दोस्रो वार्षिकोत्सब मनाएको छ । उक्त कार्यक्रममा सुभकामना मन्तब्य दिदै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धात्मक उपस्थिति जनाएको बताए ।

चालु आ.व.२०७६/७७ मा थप शाखा बिस्तार गरि बीमित, अभिकर्ता एवं सेवाग्राहीको पहुँचलाई सर्वसुलभ, छिटो छरितो सेवा पुर्याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको ब्यबस्था तथा उत्प्रेरणा हुने खालको निति तर्जुमा गरीने उनले बताए ।

कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्रक्रिया पूरा गरी सर्वसाधारणका लागि शेयर जारी गरिने समेत बताए ।

सोहि अवसरमा कम्पनीले विभिन्न संघ संस्था तथा त्यसका कर्मचारी तथा सदस्यहरुको सुविधा तथा लाभ लाई मध्यनजर गरि भर्खरै बीमा समितिवाट स्वीकृती प्राप्त नयां जीवन बीमालेख ‘आइएमई सामूहिक सावधिक बोनस सहितको जीबन बीमा योजना’ सार्वजनिक गर्योे ।

सोहि अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले जीबन बीमा ब्यबसायमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ताको लागि आर्कषक एवं उत्प्रेरक बिबिध प्रोत्साहन योजनाहरु कार्यन्वयन गरिने जानकारी गराए ।

ब्यवसाय सुचारु भएको दोस्रो वर्ष सम्ममा कम्पनीले देशका सातै प्रदेशका बिभिन्न ८५ स्थानमा शाखा कार्यालयहरु स्थापना गरि बीमा सेवा पुर्याउदै आएको जानकारी दिएकाे छ ।

साथै, कम्पनीले आर्थिक बर्ष २०७५/७६ मा ९१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here