जेठ १ गतेदेखि दुई हप्ता मेलम्चीको पानी वितरण रोकिने

फाइलफोटो

काठमाडौं । मर्मतका कार्य गर्नका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केहि समय रोकिने भएको छ ।

आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

सामान्य बाढी आएको बेला आयोजनालाई सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको हो । २०७९ मंसिर २३ गतेदेखि तेस्रो पटक काठमाडौँमा मेलम्ची खानेपानी आयोजनाको पानीको वितरण सुरु भएको थियो ।

२०७७ चैतमा अस्थायी रूपमा पहिलो पटक र २०७८ चैतमा दोस्रो पटक मेलम्चीको पानी अस्थायी रूपमा राजधानी आइपुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here