यातायात व्यवस्था कार्यालयमा मेगाको २० औं एक्सटेन्सन काउन्टर

काठमाडौँ, २ भदौ । मेगा बैंकले काठमाडौँको स्वयम्भु ठूलो भ¥याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्थाप कार्यालय ठूलो भ¥याङका कार्यालय प्रमुख कमला थापाले एक समारोहबीच संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरे ।

यो सँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या २० पुगेको छ ।

एक्सटेन्सन काउन्टरको विस्तारपछि यातायात कार्यालयमा राजश्व बुझाउने सेवाग्राहीहरुलाई सहज हुने विश्वास लिएको बैंकले बताएको छ

मेगा बैंकका उपत्यकासहित देशभर १ सय २ वटा शाखा कार्यालयहरु छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here