स्लिम बन्ने चाहना छ ? यस्ताे छ २ सातामै ताैल घटाउने घरेलु उपाय

काठमाडाैं । तौल घटाउन सजिलो छैन । यसको लागि ठूलो मेहनत र इच्छाशक्ति चाहिन्छ । तौल घटाउने चक्करमा धेरै मानिसहरु विभिन्न उपाय अपनाउँछन् तर पनि अधिकांश सफल हुँदैनन् ।

तौल घटाउनका लागि एक्सरसाइज, डाइटिंग, र योगा जस्ता कुराहरु गर्न धेरै आवश्यक हुन्छ । यी कुराहरुले तपाईको तौल घटाउन धेरै नै मद्दत गर्छ । यसको साथै केही घरेलु उपायको मद्दतले पनि तौल घटाउन सकिन्छ ।

केही यस्ता घरेलु उपाय छन् जसलाई अपनाएमा तपाईंको शरीरमा रहेको बोसोको मात्रा घट्छ र तौल घटाउन सकिन्छ । निम्नअनुसारका घरेलु उपायको मद्दतले दुई सातामै तौल घटाउन सकिन्छ

१. स्याउको बोक्रा

स्याउको बोक्रामा एसिटिक एसिड हुन्छ जसले शरीरमा सुन्निने र मोटोपन कम गर्न मद्दत गर्छ । एक गिलास पानीमा एक चम्चा स्याउको बोक्रा मिलाएर पिउनुहोस् । तपार्इं यसमा मह पनि मिलाउन सक्नु हुन्छ । यसको गरेमा केही दिनमै तपाईंले अचम्मको फाइदा पाउनुहुनेछ ।

२. ग्रीन टी

ग्रीन टी मा क्याफिनको स्रोत हुन्छ जसले तपाईंको वजन घटाउनको लागि धेरै महत्वपूर्ण भूमिका खेल्छ । केही दिनमै तौल घटाएर शरीर चुस्त बनाउन चाहनुहुन्छ भने दिनमा २(३ पटक ग्रीन टीको सेवन गर्ने गर्नुहोुस् ।

३. मह र कागती

शरीरको तौल कम गर्नको लागि कागतीको रस र मह धेरै नै उपयोगी मानिन्छ । कागतीमा धेरै मात्रामा भिटामिन सी हुन्छ जसले फ्याट अक्सीडेशनमा मद्दत गर्छ भने महले लिपिड कम गर्ने काम गर्छ । त्यसैले दिनमा ३(४ पटक एक गिलास पानीमा आधा कागतीको रस र २ चम्चा मह मिसाएर पिउने गर्नुहोस् ।

४. मरिच

मरिचमा पाइपरिन नामको कम्पाउन्ड हुन्छ जसले तपाईको खानामा स्वाद बढाउन मद्दत गर्छ । पाइपरिनमा फ्याट कम गर्ने खालको गुण हुन्छ जसको कारणले गर्दा तपाईको तौल कम गर्न मद्दत गर्छ । त्यसैले आफ्नो भोजनमा १ चम्चा मरिच मिसाउने गर्नुहोस्

५. एलोभेरा जूस

मेटाबोलिक एक्टिविटीलाई बढाएर एलोभेराको जुस वा जेलले तौल कम गर्न मद्दत गर्छ । यसको साथै यसले पाचन शक्तिलाई पनि राम्रो बनाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here