हेटौंडा कपडा, गोरखकाली टायर र बुटवल धागो कारखाना सञ्चालनमा ल्याउने

काठमाडौं । सरकारले हेटौँडा कपडा उद्योग, गोरखकाली टायर कारखाना र उद्योग बुटवल धागो उद्योग सञ्चालनमा ल्याउने बताएको छ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

लामो समयदेखि बन्द रहेका उद्योग खारेजी सञ्चालनमा एकीकरणमा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अनुगमन समिति गठन गरिने सरकारले बताएको छ।

यस्तै सरकारले राष्ट्रिय योजना आयोगको पुर्नसंरचना गर्ने घोषणा पनि गरेको छ । नीति अनुसन्धानको संस्थागत दोहोरोपना हटाउने गरी आयोगलाई पुर्नसंचना गरिने सरकारको नीति तथा कार्यक्रमको घोषणामा भनिएको छ ।

साथै औद्योगिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउनका लागि विदेशी कुटनीतिक नियोगको सक्रियता बढाइने समेत बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here