सुकुम्बासीबस्ती हटाइने, वास्तविकलाई स्थानान्तरण गरिने

काठमाडौं । नदी किनारामा बसोबास गर्ने सुकुम्बासीलाई सरकारले हटाउने नीति लिएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भूमिहीन तथा खोला किनाराका सुकुम्बासीलाई व्यवस्थापन गर्ने बताएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्दै नदी किनारामा रहेका विपन्न भूमिहिन लगायतका वर्गलाई उपयुक्त स्थानमा सार्ने र उक्त क्षेत्रहरू खाली गरिने बताए।

काठमाडौको बागमती किनारसहित अन्य खोलाको किनाराहरूमा सुकुम्वासी भन्दै घर बनाएर जमिन कव्जा गरेको भन्दै आलोचना हुँदै आएको छ। यो प्रकरणको विवादमा काठमाडौं महानगरपालिका पनि परेको छ।

महानगरले थापाथलीको बागमती किनारामा बसेका उनीहरूलाई हटाउने कोसिस पटक पटक गरेको भए पनि सफल हुन सकेको छैन।

काठमाडौका मेयर बालेन शाहले सुकुम्बासीहरूलाई अलग्गै स्थान बस्नका लागि निर्माण गरिएको भन्दै हटाउने खोजेका थिए। तर सरकारले उचित सहयोग नगरेको भन्दै उनले गुनासो गर्दै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here