बर्खामा ५० र हिउँदमा ३० युनिट खपत गर्नेले निःशुल्क बिजुली पाउने

काठमाडौं । अबदेखि बर्खामा ५० युनिट र हिउँदमा ३० युनिट खपत गर्नेले निःशुल्क बिजुली पाउने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । साथै उनले आगामी २ वर्षमा सबैको घरमा विद्युत पुर्‍याइने बताए। उनले कार्यक्रम सार्वजनिक गर्दै विपन्नलाई निस्शुल्क रुपमा विद्युतको मिटर उपलब्ध गराइने बताए।

नीति तथा कार्यक्रमका अनुसार २०४५ लाई शून्य कार्बन उत्सर्जन गर्न स्वच्छ ऊर्जाले विस्थापन गर्ने योजना सरकारले बनाएको छ। हरित ऊर्जा उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहित गरिने उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here