मुगु सदरमुकामदेखि काठमाडौँसम्म सिधा बस सेवा सुरु

`
काठमाडौं । मुगु जिल्ला सदरमुकाम गमगढी बजारबाट काठमाडौंसम्म सिधा बस सेवा सुरु भएको छ । क्षेत्रीय कार्यालय नेपालगञ्ज रहेको भेरी यातायात बस प्रालि र बागेश्वरी यातायात बस प्रालिले संयुक्त रुपमा गमगढी बजारमा स्थापना गरि शुक्रबार विधिवत् रुपमा उद्घाटन गरेका छन् ।

सो प्रालिले अब सिधै गमगढी देखि सुर्खेत , नेपालगञ्ज हुदै काठमाडौंसम्म बस सेवा सुरु गरिएको जनाइएको छ । मुगुमा अब राजधानीसम्म बस सेवा सञ्चालनमा आएकाले नेपालकै ठूलो ताल रारा र हिन्दूहरूको पवित्र तीर्थस्थल छायाँनाथ पुग्न आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here