युनाइटेड र अजोड इन्स्योरेन्सले १४ गतेदेखि एकीकृत कारोबार गर्ने

काठमाडौं । युनाइटेड र अजोड इन्स्योरेन्सले मर्जरको लागि अन्तिम स्वीकृति पाएका छन्। कम्पनीहरुले नियामक मार्फत मर्जरका लागि अन्तिम स्वीकृति पाएसँगै एकीकृत कारोबारको मिति तय गरेका छन् ।

मर्जर प्रक्रियामा रहेका यी दुई कम्पनीले आगामी आइतबारदेखि एकीकृत कारोबार गर्ने भएका हुन । यी कम्पनीले गत पुसमा मर्जर सम्झौतापत्रमा गरेका थिए । दुई कम्पनीले स्वाप रेसियो १ः८२.५ अनुपातमा मर्ज सम्झौता गरेका थिए ।

मर्जरपछि कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स रहनेछ । मर्जरपछि कम्पनीको अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष अजाद श्रेष्ठ रहने छन् भने श्रवण रावल प्रमुख कार्यकारी अध्यक्ष हुने छन् ।

अहिले युनाइटेड इन्स्योरेन्सको चुक्ता पूँँजी एक अर्ब ७ करोड रुपैयाँ र अजोडको एक अर्ब रुपैयाँ छ। मर्जपछि यी कम्पनीको चुक्ता पुँजी एक अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here