रातमा ढिलो खाना खाने बानी छ ? हुन सक्छ यस्तो समस्या

धेरै मानिसहरुको बानी राती ढिलो खाना खाने हुने हुन्छ ।

तर, न्यूयोर्क टाइम्समा छापिएको एक समाचार अनुसार राति ढिलो खाना खाने र खाना खाने बित्तिकै सुत्ने बानीको कारण स्वास्थ्यमा गम्भीर प्रकारको असर पर्छ ।

रातमा ढिलो खाना खाँदा हाम्रो शरीर विभिन्न प्रकारका समस्याबाट प्रभावित हुने गर्छ । रातको समयमा हाम्रो शरीरको पाचन प्रकृया सुस्त हुने कारणले पनि समस्याहरु हुने गर्छ ।

ढिलो खाना खाँदा निम्तन्छन् निम्न समस्या

१. मोटोपन

राती ढिला खाना खाने र खाना खानसाथ सुत्ने बानीले हामीलाई मोटो बनाउँछ ।रातको समयमा हाम्रो शरीरको पाचन प्रकृया सुस्त हुने कारण शरीरमा फ्याट जम्मा हुन्छ र शरीरको मोटोपन बढ्छ ।

२. अल्सर

ढिलो खाना खाएर सुत्दा पेटको एसिड खाना नलीको माध्यमबाट मुखमा आउने गर्छ । यसले गर्दा पोल्ने, एसिडीटीको साथै अल्सर र क्यान्सर जस्ता समस्याहरु पनि पैदा हुने खतरा हुन्छ ।

३. क्यान्सर

खानानलीको माध्यमबाट एसिड आउने जाने गर्दा घाँटीको भित्री भागमा घाउ हुने सम्भावना धेरै हुन्छ । यसकारण घाँटी तथा खानानलीको क्यान्सर हुने सम्भावना उच्च हुन्छ ।

४. डायविटिज

ढिलो खाना खाँदा शरीरमा मेटाबोलिजमले राम्रोसंग काम गर्न सक्दैन् । जसकारण सुगर लेभल पनि बढ्ने गर्छ र डायविटिजको समस्या हुने गर्छ ।

५. एसिडिटी

ढिलो खाना खाँदा पाचन प्रकृया ढिलो हुने गर्दछ । जसको कारण पेटमा ग्यास र एसिडीटीको मात्रा बढ्न गई अनिन्द्राको समस्या हुने गर्दछ । जसको कारण तपाईंको अघिल्लो दिनपनि प्रभावित हुने गर्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here