जग्गाको मुआब्जा निर्धारण बैंकको मूल्याङ्कनको आधारमा

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले जग्गा प्राप्ति गर्न बैंकले कायम गरेको मूल्याङ्कन समेतलाई आधार मान्नु पर्ने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन । आयोजनाको जग्गा प्राप्ति प्रक्रियालाई सरल र छरितो बनाउन जग्गा प्राप्ति ऐनमा संशोधन गरिने उनको भनाइ छ ।

‘जग्गाको मुआब्जा निर्धारण गर्न मालपोत कार्यालय तथा स्थानीय तहले गरेको मूल्याङ्कन र धितो बन्धकीको लागि बैंकले कायम गरेको मूल्याङ्कन समेतलाई आधार लिने गरी मापदण्ड तर्जमा गरी कार्यान्वयनमा ल्याइनेछ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here