भारतीय विदेशमन्त्री जयशंकर आज काठमाडौं आउँदै

काठमाडौं, ४ साउन । नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन भारतीय विदेशमन्त्री डा. यस जयशंकर आज काठमाडौं आउँदैछन् ।

यो नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठक हो । दुई दिनसम्म चल्ने बैठक दिउसो तीन बजेबाट काठमाडौंमा शुरु हुँदैछ ।

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा नेपाल भ्रमण गर्ने जयशंकर सबैभन्दा उच्च भारतीय राजनीतिक व्यक्ति हुन् ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र समकक्षी जयशंकरले संयुक्त अध्यक्षता गर्नेछन् । जहाँ दुबै देशका प्रतिनिधि सहभागी हुने कार्यक्रम रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

यस पटकको बैठकमा नेपाल र भारतबीच दुईपक्षीय सम्बन्धका धेरै विषय छलफलमा समेटिने बताइएको छ ।

राजनीतिक सुरक्षा र सीमा, आर्थिक सहयोग तथा पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र संस्कृति तथा शिक्षाअन्तर्गत समग्र विषयमा छलफलको कार्यक्रम रहेको मन्त्रालयको भनाई रहेको छ ।

कार्यसूचिभित्र रेल, जलमार्ग, पेट्रोल पम्प लाइन, हुलाकी सडक, चेकपोस्ट स्थापना, नयाँ जलविद्युत योजनाजस्ता विषय पनि समेटिएका छन् ।

नेपालमा नयाँ संविधान बन्ने समयमा जयशंकर भारतीय मन्त्रालयमा विदेश सचिवको भूमिकामा थिए ।

त्यसबेला संविधान निर्माणमा दवाव दिन नेपाल आएको भन्दै ठूलो आलोचना भएको थियो । उनी भारत फर्किएपछि नेपालमा भारतले नाकाबन्दी लगाइदिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here