सिम्रिक एयरलाइन्सका सबै जहाज उड्न रोक

काठमाडौं, ४ भदौ । नेपाल नागरिक उड्ययन प्राधिकरणले आन्तरिक उडान गर्दै आएको निजी वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सको सम्पूर्ण उडानमा रोक लगाएको छ ।

एयरलाइन्सले जहाजमा कमसल पार्टपुर्जा प्रयोग गरेर गम्भिर लापरबाही गरेको भन्दै प्राधिकरणले उडानमा रोक लगाएको हो ।

प्राधिकरणको उक्त निर्णयसँगै काठमाडौंबाट विभिन्न आन्तरिक गन्तव्यमा उडान गरीरहेको एयरलाइन्सका सबै उडान स्थगित भएका छन । कम्पनीले हाल भरतपुर, पाेखरा र भैरहवा उडान गर्दै आएकाे छ । कम्पनीसँग हाल दुईवटा विचक्राफ्रट जहाज रहेका छन् ।

प्राधिकरणका अनुसार अर्को सूचना नआएसम्मको लागि सिम्रिकको सम्पूर्ण उडान रोकिनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here