डलरकाे भाउ बढेर ११५ रूपैयाँ पुग्याे, यस्ताे छ आजको विनिमय दर

काठमाडाैं, ४ भदाै । अमेरिकी डलरकाे भाउ बढेर ११५ रूपैयाँ नाघेकाे छ ।

बुधबारकाे लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलरको खरीद मुल्य ११५ रुपैयाँ ०३ पैसा रहेको छ । त्यस्तै बैंकले एक अमेरिकी डलरको बिक्रीदर भने ११४ रुपैयाँ ४३ पैसा तोकेको छ ।

यस्तै राष्ट्र बैंकले यूरो एकको खरीददर १२६ रुपैयाँ ८० पैसा र बिक्रीदर १२७ रुपैयाँ ४७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरीददर १३८ रुपैयाँ १६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८८ पैसा तोकेको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरीददर ७७ रूपैयाँ ९५ पैसा र बिक्रीदर ७७ रूपैयाँ ५४ पैसा रहेको छ । कतारी रियाल भने खरीददर ३१ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५९ पैसा ताेकेकाे छ ।

कास्मिर विवादको कारण अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएको छ । त्यसको प्रत्यक्ष मार नेपाली रुपैयालाई पनि परेको छ किनभने नेपाल र भारतबीचमा स्थीर विनिमय दर रहेको छ । अमेरिकी डलरकाे भाउ बढ्दा विदेशबाट आयात गर्नुपर्ने कुराहरूकाे भाउ बढ्छ भने विदेशबाट नेपाल पैसा पढाउनेहरूलाइ भने फाइदा हुन्छ ।

यस्ताे छ आजको विनिमय दरः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here