नेपालबाट भारतले १० हजार मेगावाट बिजुली किन्ने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतले १० हजार मेगावाट विद्युत खरिद गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा उनका समकक्षी मोदीले ‘लङ टर्म पावर एग्रिमेन्ट’अन्तर्गत १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका हुन् ।

अहिले भारतले नेपालबाट ४५० मेगावाट बिजुली किनिरहेको जानकारी पनि उनले दिए । यसका लागि फुकोट कर्णाली जलविद्युत् आयोजना र तल्लो अरुण जलविद्युत् आयोजना निर्माण सम्झौता भएको उनले बताए। यी दुवै जलविद्युत् आयोजना निर्माणपछि नेपालबाट आयात हुने बिजुलीको परिमाण बढ्ने उनको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here