भारतमा भएको रेल दुर्घटनामा २३० भन्दा बढी यात्रुको मृत्यु, नौ सयभन्दा बढी घाइते

काठमाडौं । भारतको उडिसा राज्यमा भएको रेल दुर्घटनामा २३० भन्दा बढीको मृत्यु भएको छ भने नौ सयभन्दा बढी घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार साँझ सात बजे उडिसाको बालासोरमा दुर्घटना भएको थियो। कोलकत्ताबाट चेन्नेइ गइरहेको रोमोमण्डल एक्सप्रेस र यशवन्तपुर हावाडा एक्सप्रेस एकआपसमा ठोक्किएका हुन्।

रेल अधिकारीहरुका अनुसार यशवन्तपुर हावाडा एक्सप्रेसका केही डब्बा निस्केर अर्को रेलमार्गमा पुगेका थिए। ती डब्बा कोलकत्ताबाट चेन्नेइ गइरहेको कोरोमन्डल एक्सप्रेससँग ठोक्किन पुगेका थिए।

त्यसपछि अनियन्त्रित भएको कोरोमन्डल एक्सप्रेस अर्को मालगाडीमा गएर ठोक्किएको थियो। केही डब्बा मालगाडीमाथि चढेर गएका थिए। सयौं यात्रु गम्भीर घाइते रहेका छन्। मृतको संख्या अझै बढ्न सक्ने जनाइएको छ।

दुवै रेलको हावाडा स्टेशनमा पुग्ने समय तीन घन्टा फरक थियो। तर, दुवै रेल सँगसँगै स्टेशनमा पुगेको जनाइएको छ। जसका कारण दुर्घटना हुन पुगेको रेल अधिकारीको भनाइ छ।

यो दुर्घटना भारतको सबैभन्दा खराब रेल दुर्घटना मानिएको छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘भारतको ओडिशामा भएको रेल दुर्घटनामा दर्जनौँको ज्यान गएकोमा म दुःखी छु। यस दुःखको घडीमा म प्रधानमन्त्री नरेन्द्र मोदीजी, सरकार र शोक सन्तप्त परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here