शेयर बजार स्थीर, २९ करोडको कारोबार

काठमाडौं, ४ भदौ । बुधवार नेप्से परिसूचक ०.४२ अंकले बढेर १ हजार २ सय १४.०५ अंकमा पुगेका छन् । विश्लेषकहरुले यसलाई स्थीर भनेका छन् ।

कारोबारमा आएका मध्ये ट्रेडिङ, विकास बैंक, अन्य र फाइनान्स समुहको सूचक बढ्यो भने अन्य सबै समुहको सूचक घट्यो ।

बुधवार सबैभन्दा धेरै होटल समुहको सूचक घट्यो । होटलको सूचक ०.७५ प्रतिशतले घट्यो । त्यस्तै, सामुहीक लगानी कोषको ०.३६ प्रतिशत, उत्पाद क्षेत्रको ०.२९ अंकले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

सबैभन्दा धेरै बढ्नेमा ट्रेडिङ समुह रहेको छ । ट्रेडिङको सूचक २.५६ अंकले बढ्यो ।

बुधवार १ सय ६१ कम्पनीको १२ लाख ७० हजार १ सय १८ कित्ता शेयर किनबेच हुँदा २९ करोड २६ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

बुधवार सबैभन्दा धेरै विशाल बजार कम्पनीका शेयर धनीले कमाए । कम्पनीको शेयर मूल्य ५.७३ अंकले बढ्यो । त्यस्तै, पाँचथर पावर कम्पेन्टको ४.८१ प्रतिशत, जानकी फाइनान्सको ४.२८ प्रतिशतले बढ्यो भने अन्य कम्पनीको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा गणपती लघुवित्त वित्तीय संस्थाका शेयर धनी रहेका छन् । गणपतीको शेयर मूल्य ५.४४ प्रतिशतले घट्यो ।

त्यस्तै, नदिप लघुवित्तको ५.२५ प्रतिशत, सर्पोट लघुवित्तको ५.१३ प्रतिशतले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

बुधवार सबैभन्दा धेरै कारोवार गर्नेमा सोल्टी होटल रहेको छ । होटलले ४ करोड २० लाख २१ हजार रुपैयाँको कारोवार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here