एक पूर्व गुप्तचरले गरे अमेरिकी सरकारसँग एलिएन गाडी रहेको खुलासा

काठमाडौं । अमेरिकासँग ‘अक्षुण्ण एलियन गाडी’ अर्थात इन्ट्याक्ट भेइकलहरु रहेको दाबी गरेपछी त्यसको प्रमाणहरु खुलाउन आग्रह गरेको छ ।

एक पूर्व गुप्तचर अधिकारीले सरकारसँग अक्षुण्ण र आंशिक रुपमा एलिएन सवारी साधन रहेको बताएपछी अमेरिकाले यूएफओका प्रमाणहरु खुलाउन आग्रह गरेको हो । पूर्व गुप्तचर अधिकारी डेभिड ग्रुशले अमेरिकी रक्षा एजेन्सिमा अज्ञात अनौपचारिक घटनाको विश्लेषणको नेतृत्व गरेका थिए ।

पूर्व गुप्तचर अधिकारी डेभिड ग्रुश, जसले अमेरिकी रक्षा एजेन्सीमा अज्ञात अनौपचारिक घटना यूएपीको विश्लेषणको नेतृत्व गरे, अमेरिकासँग गैरमानव मूलको क्राफ्ट रहेको आरोप लगाए ।

उनका अनुसार ती गाडीहरुको सूचना कांग्रेसलाई जानकारी नदिइ लुकाइएका छन् । ग्रुशले भने जब उनले यी गाडीहरुको जानकारी कांग्रेसलाई दिए तब सरकारी अधिकारीहरुबाट बदलाको सामना गर्न पर्यो । यस पश्चात उनले अमेरिकी गुप्तचरको १४ बर्षको अनुभव पश्चात गत अप्रिलमा जागिर छाडेका थिए ।

त्यस्तै नेशनल एयर एन्ड स्पेस इन्टेलिजेन्स सेन्टर ‘नासिक’का हालको अमेरिकी गुप्तचर अघिकारी जोनाथन ग्रेले डेब्रिफमा विदेशी सामग्रीको अस्तित्व पुष्टि गरेका छन् । उनले थपे ‘हामी एक्लै छैनौं ।’ बिगत केही बर्षमा विदेशी जहाजहरुमा र सम्भावित भ्रमणहरुमा भरपर्दो दृष्यहरु र रिपोर्टहरुले ध्यान तानेपछी विस्तारै खुलासा हुँदै गएको हो ।

प्रतिवेदनले सैन्य फुटेजको चुहावट पछ्याएको थियो, जसले आकाशमा स्पष्ट रूपमा अकल्पनीय घटनाहरू देखाउँदछ, जबकी नौसेनाका पाइलटहरूले अमेरिकी तटमा अनौठो क्राफ्टहरुसँग साक्षत्कार भएको बताएका छन ।

२०२१ मा पेन्टागनले यूएपीमा एक रिपोर्ट जारी गरेको थियो । त्यस्तै डेब्रिफ पत्रकार लेस्ली केन र राल्फ ब्लुमेन्थलसँगको एक अन्तर्वार्तामा, जसले पहिले यूएफओको अनुसन्धान गर्ने गोप्य पेन्टागन कार्यक्रमको अस्तित्वको पर्दाफास गर्‍यो, ग्रुशले भने कि अमेरिकी सरकार र रक्षा ठेकेदारहरूले गैरमानव क्राफ्टका टुक्राहरू पुनःप्राप्त गरिरहेका छन्, ।

त्यसो त अमेरिका सरकारले यस अघि धेरै पटक युएफओ बारे अनुशन्धान गरेको पाइएको छ । अमेरिकी सरकारले युएफओसँग एलियनको नाम जोडिएकोले यसलाई युएपी अर्थात अन आइटेनिडफाइड एरियल फेनोमिनल नामाकरण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here