‘सी बीच’ मोडलमा यसरी विकास हुँदैछ नारायणी तिर

काठमाडौं । नारायणी नदी किनारमा सी बीचको तटवन्धन निर्माण भैरहेको छ ।

नारायणी नदीको पुलबाट उत्तर तर्फ ६४० मिटर लामो समुन्द्री तट प्रकारको तटवन्धन निर्माण कार्य सकिएको छ भने अन्य ठाँएमा धमाधम काम भैरहेको छ ।

नारायणी किनारको चौरलाई कायम राखी नदी कटान रोक्दै समुन्द्री किनारको आकारमा तटबन्धन निर्माण गरिएको हो । नदी किनारमा महोत्सब, विभिन्न सास्कृतिक कार्यक्रम तथा विहान बेलुका घुम्न जानेहरुको यस क्षेत्रमा भिड लाग्ने गर्दछ ।

नदी किनारमा बिहान होस वा दिउँसो चहल पहल नदेखिने होइन तर साँझपखको रौनक अर्कै हुन्छ ।

मर्निङ वाक र योगा गर्नेहरुको विहान पख चाप हुन्छ । दिउँसो युवा युवतीहरु गफ गरेर बसेका भेटिन्छन् । साँझपख भने हरेक उमेर समुहका व्यक्तिहरु नदी किनारमा पुग्छन् ।

तनाव र थकान मेटाउन, केटाकेटी भुलाउन र चिसो र स्वच्छ हावा लिन चाहनेहरुको उपयुक्त गन्तब्य बनेको छ नारायणी नदी किनार ।

यस स्थानलाई समुन्द्री किनार आकारको निर्माण गर्नको लागि भरतपुर महानगरपालिकाले महानगरकै गौरव आयोजनाको रुपमा ‘सी बिच’ मोडल अगाडि ल्याएको थियो ।

जहाँ २ हजार ४ सय मिटर पैदल मार्ग, २ ठाँउमा पार्किङ स्थल र गार्डेनिङ बनाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here