गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो नेपाल एयरलाइन्स

३० भदौ, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गरेको छ । नेवानिले पहिलो पटक काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं रुटमा उडान थालेको हो ।

२०७९ जेठमा यो विमानस्थल सञ्चालनमा आएसँगै पहिलो पटक नेवानिले यहाँ व्यवसायिक उडान थालेको हो । निगमको न्यारोबडी जहाज आज भैरहवामा अवतरण गरेको हो । आज ३९ जना यात्रु भैरहवामा अवतरण गरेका छन् । जजिरा र हिमालयपछि यहाँ उडान गर्ने नेवानि तेस्रो अन्तर्राष्ट्रिय कम्पनी बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here