कम क्यालोरीको खानाले किन दिर्घकालिन रुपमा ताैल घटाउँदैन ?

तौल घटाउनको लागि एकदमै थोरै क्यालोरी भएको खाना नियमित रुपमा खाने प्रयास गरेको जो कोहीले पनि तपाईलाई यो कुरा भन्न सक्छ कि त्यसले दिर्घकालिन रुपमा काम गर्न सक्दैन । र, तपाई अन्तिममा यसरी तौल घटाउने चक्करलाई छोडिदिनुहुन्छ ।

यस बारेमा अध्ययन गरिरहेका अग्रणी ब्रिटिश न्युरोसाइन्टिस्टहरुले यस्तो किन हुन्छ भनेर खुलासा गरेका छन् ।

बेलायतका अग्रणी न्युरोसाइन्टिस्ट डाक्टर जेसन म्याकोनका अनुसार क्यालोरी कम भएका खानेकुराहरु लामो समयसम्म तौल कम गर्ने कुरामा असफल हुन्छन् । किनभने हाम्रा मस्तिष्कले त्यसलाई प्रभावित बनाउँछ ।

हाम्रो मस्तिष्कले हाम्रो तौल, मेटाबोलिजम र भोकको स्तरलाई नियन्त्रण गर्छ । उनले भने, ‘विशेषगरि पछिल्लो पचास वर्षमा भएका अध्ययनहरुले के देखाएका छन् भने हाइपोथालामस हाम्रा तौलको लागि ‘मिसन कन्ट्रोल’ हो ।’

हाम्रो मस्तिष्कमा हामी कति तौलको हुनुपर्छ र तौल घट्न लागेमा त्यसलाई रोक्ने क्षमता दुवैको प्रष्ट दृश्य हुन्छ । मानिसहरु डाइटिङमा गएर केही निश्चित परिणाममा तौल घटाउन पनि सक्छन् र स्थिर हुन्छ तर धेरैजसो केसमा उनीहरुको तौल फेरि बढ्न सक्छ । किनभने मस्तिस्क उनीहरुको नयाँ कम तौलबाट बेखुसी हुन्छ ।

डा म्याकोनले तौल घटाउने काम कागजमा देखेभन्दा धेरै नै गाह्रो काम भएको बताएका छन् किनभने हामी त्यसरी नै प्रोग्रामिङ भएका छौं ।

हामी सबैसँग एउटा तौलको स्तरहुन्छ जसमा हाम्रो दिमाग खुसी हुन्छ । उनी भन्छन्, ‘यो स्तरलाई धेरै नै कमजोर, धेरै सुगर युक्त खानाले नकरात्मक रुपमा प्रभाव पार्छ जसले स्तर बढाउन धक्का दिन्छ । लामो समयसम्मको लागि तौल प्रभावित बनाउनको लागि हामीले तौलको स्तर नै रिसेट गर्नुपर्छ । यो हजारौं वर्षदेखिको मानव बिकासको प्रक्रियासँग जोडिएको छ ।’

डाक्टर म्याकोनले अहिले न्युरोटेक्नोलोजीमा रिसर्च गरिरहेका छन् जसले मानिसहरुलाई स्वास्थका मुद्धाहरुमा टार्गेट सेट गर्न सहयोग गर्छ । उनी भर्खरै लञ्च भएको मोडिएस (एक खालको हेडसेट)मा काम गरिरहेका छन्, जसलाई दैनिक आधा घन्टा लगाएर दुई देखि तीन महिनामा तौल घटाउन सकिन्छ ।

‘न्युरोटेक्नोलोजी थोरै साइ–फाइ जस्तो लाग्छ तर बिस्तारै यसलाई स्वास्थ्य समस्या तय गर्ने साझा मोडालिटीको रुपमा बुझ्दै जान थालिएको छ र म महसुस गर्छु हामीसाँच्चै नै रुचीपूर्ण मेडिकल एप्लिकेसनको पहिलो चरणमा छौं’ लण्डनमा आधारित जनरल फिजिसियन डाक्टर मोनाह मन्सुरीले भने ।

‘यसको लागि अझै बढी रिसर्च गर्नुपर्छ र हजारौं मानिसहरुले अहिले नै यो प्रविधि प्रयोग गरेर तौल कम गरेका छन् र म सोच्छु डाक्टर जेसन र उनको टिमले केही साँच्चै नै चाखलाग्दो कुरा ल्याँउछन’ उनले भने ।

तपाईले फ्याट कम गर्न चाहनुहुन्छ भने सबैभन्दा राम्रो विस्तारै र धिमा गर्नुहोस् । तौल कम गर्ने सबैभन्दा स्वस्थ परिमाण भनेको हप्तामा एक वा दुई पाउण्ड हो । तर, धेरैजसोले छिटै धेरै तौल कम गर्न चाहन्छन् त्यो दिर्घिकालिन हुँदैन् ।

बिस्तारै तौल कम गर्न अपनाइने प्रक्रियाले स्वस्थ जीवनशैली र खाना खाने दिर्घकालिन बाटोतिर डोर्याउँछ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here