शेयर बजार स्थिर, २६ करोडको कारोबार

काठमाडौं, ५ भदौ । विहिवार नेप्से परिसूचक ०.९९ अंकले घटेर १ हजार २ सय १३.०६ अंकमा झरेको छ । विज्ञहरुले यसलाई स्थिर भनेका छन् ।

कारोबारमा आएका मध्ये होटल, अन्य, लघुवित्त र जीवन बिमा समुहको सूचक बढ्यो भने बैकिङ्ग, ट्रेडिङ, विकास बैंक, जलविद्युत, फाइनान्स, र्निजीवन बिमा, उत्पादन र सामुहिक लगानी कोषको सूचक घट्यो ।

विहिवार सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक घट्यो । ट्रेडिङको सूचक १.७० प्रतिशतले घट्यो । त्यस्तै, र्निजीवन बिमाको ०.८७ प्रतिशत, फाइनान्सको ०.६४ प्रतिशतले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

विहिवार १ सय ७२ कम्पनीको १० लाख ७७ हजार ७ सय २० कित्ता शेयर किनबेच हुदाँ २६ करोड १६ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भयो ।

विहिवार सबैभन्दा धेरै कमाउनेमा साबिको लघुवित्त वित्तीय संस्थाका शेयर धनी रहेका छन् । साबिकाको शेयर मूल्य ५.९६ प्रतिशतले बढ्यो ।

त्यस्तै, सिभिल लघुवित्तको ५.४२ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावरको ५.२६ प्रतिशतले बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा र्सिजना फाइनान्सका शेयर धनी रहेका छन् । र्सिजना फाइनान्सको शेयर मूल्य ४.७४ प्रतिशतले घट्यो ।

त्यस्तै, बिशाल बजार कम्पनीको ३.६७ प्रतिशत, नेपाल ईन्स्योरेन्स कम्पनीको ३.२३ प्रतिशतले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

सबैभन्दा धेरै कारोबार गर्नेमा एनआईसी एसिया बैंक रहेको छ । बैंकले विहिवार १ करोड ९१ लाख ४० हजार रपैयाँ बरोबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here