अनधिकृत प्रयोग भइरहेका १२३ रोपनी सार्वजनिक जग्गा काठमाडौं महानगरको संरक्षणमा

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले महानगरभित्रका १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण गरेको बताएका छन्। शाहले बुधबार घोषणा पत्रमा उल्लेख भएअनुसार हालसम्म गरेका कामहरुको विवरण सामाजिक सञ्जाल फेसबुक मार्फत प्रस्तुत गरेका हुन्।

उनले विगत लामो समय देखि सार्वजनिक जग्गा अनधिकृत प्रयोग भइरहेको हामीलाई गुनासो आइरहेको र त्यस्ता गुनासाहरूलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको बताएका छन्। जस अनुरूप चालु आर्थिक वर्षमा १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण भएको उनको भनाइ छ। यो कार्य निरन्तर चलिरहने पनि उनले बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- घोषणा पत्रमा सार्वजनिक जग्गा संरक्षण, नयाँ पार्क निर्माण, स्मार्ट सडकवत्ति जडान, फुटपाथ निर्माण लगायतका काम गर्ने उल्लेख गरेका थियौ। हामी यस पालिका भित्र बस्ने आम मतदाताहरूको हितमा काम गर्दै आइरहेको यहाँहरूलाई थाहा नै छ।

विगत लामो समय देखि सार्वजनिक जग्गा अनधिकृत प्रयोग भइरहेको हामीलाई गुनासो आइरहन्थ्यो। त्यस्ता गुनासाहरूलाई हामीले विशेष प्राथमिकतामा राखेर काम गर्दै आएका छौ। जस अनुरूप हामीले चालु आर्थिक वर्षमा १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण भएको छ। यो कार्य निरन्तर चलिरहने छ।

यस्तै घोषणा पत्रमा शारीरिक तन्दुरुस्ती, मानसिक सतर्कता र भावनात्मक रूपमा स्थिरता कायम राख्ने पार्कहरूको निर्माण गर्ने उल्लेख गरेका थियौ। सोही अनुरूप २५ वटा नयाँ पार्कको निर्माण भएका छन्।

सहरको सुरक्षा र पैदल यात्रीहरुलाई सहजता प्रदान गर्नको लागि महानगरले १७०० वटा स्मार्ट सडकवत्ति जडान गरेको छ। यस्तै ४२ कि.मी. सडक कालोपत्रे, ७ कि.मी. नयाँ ढल निर्माण, १५०० मिटर फुटपाथ निर्माण भएका छन्।

सार्वजनिक शौचालयहरू र सामुदायिक विद्यालय भवनहरू निर्माण तथा मर्मत लगायतका पूर्वाधार विकासका कार्यहरू सम्पन्न भएको छ। पैदलयात्रीहरुको सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here