उपत्यकामा दैनिक १५ सय सवारीमा कारवाही, जेब्रा क्रसिङको छैन मतलब

सांकेतिक तस्वीर

काठमाडौं, ६ भदौ । ट्राफिक प्रहरी महाशाखाको अनुसार उपत्यकामा दैनिक १ हजार ५ सय १३ सवारी साधनहरु कारवाहीमा पर्ने गरेका छन् ।

जसमा मा.प.से, लेन अनुशासन, भाडा, जेब्राक्रसिङ माथी सवारी रोक्ने, टिपट कारबाही, सिसिटिभी मार्फत कारवाही, फुटपाथ पार्किङ्, हर्न कारवाही, व्हील लक तथा अन्य विभीन्न प्रकारका कारवाहीहरु समावेश छन् ।

माहाशाखाको अनुसार गएको एक सातामा हर्न निषेधीत स्थानमा हर्न बजाउने ५ सय २७ सवारीसाधनमा कारवाही गरिएको छ ।

काठमाडौं उपत्यका हर्न निषेधित भएको करिब २ वर्ष बितिसक्दा पनि यो नियमको पूर्ण पालना हुन सकेको छैन ।

अहिले पनि दैनिक ७६ भन्दा धेरै सावारीसाधनहरु हर्न बजाएको कारण कारवाहीमा पर्ने गरेका छन् ।

त्यस्तै महाशाखाका अनुसार गत साता ट्राफिक नियम उल्लंघन गर्ने १० हजार ५ सय १३ सावरीसाधनहरु कारवाहीमा परेका थिए ।

निषेधित क्षेत्रमा हर्न बजाउने सवारीसाधनलाई रु ५ सय जरीवानाको व्यवस्था रहेको महाशाखाले जनाएको छ ।

जेब्रा क्रसिङमा रोकेको सवारीमा पनि कारवाहीमा

त्यस्तै गएको साता जेब्रा क्रसिङ ढाकेर सवारी रोक्ने १ सय ९४ सवारीसाधनलाई पनि कारवाही गरीएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

जेब्रा क्रसिङ पैदलयात्रुको सुरक्षाको लागि बनाइने भएकाले जेब्रा क्रसिङमा पैदलयात्रुलाइ प्राथमिकता दिनुपर्ने हुन्छ ।

तर, त्यसको परवाह नगरी जेब्रा क्रसिङ ढाकेर सवारी रोक्ने चालकलाइ पनि ५ रुपैयाँ जरिवानाको व्यवस्था रहेको छ ।

महाशाखाको अनुसार दैनिक २८ सवारीसाधनहरु जेब्रा क्रसिङमा सवारी राकेको कारण कारवाहीमा पर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here