शौच गराउन कै लागि कुकुर घरबाहिर निकाल्नु भएको छ ? अब पुलिसले पक्रन सक्छ !

काठमाडौं, ८ भदौ । तपाईमा कुकुर पाल्ने रहर छ, तर व्यवस्थित संरचना बनाउनु भएको छैन ? त्यसो हो भने तपाई समस्यामा पर्न सक्नुहुन्छ ।

किनकी धेरै घरबेटीको बानी कुकुरलाई शौच गराउनै लागि सार्वजनिक स्थानमा लैजाने छ । काठमाडौं महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिक स्थानमा शौच गराएको पाइए कडा कारवाही गर्ने तयारी थालेको छ ।

शहरी सौन्दर्यको मूख्य बाधक यहाँका कुकुरको खुला स्थानमा हुने शौच पनि हो । सार्वजनिक रुपमा घुम्ने डुलुवा कुकुरसहित घरपालुवा कुकुरको शौचसमेत खुला सडकमा गराउने प्रवृत्ति बढेपछि महानगरले कारवाहीको तयारी थालेको हो ।

काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराउ सम्बन्धित कुकुर धनीविरुद्ध कारवाहीको तयारी गरेको हो ।

मानव जीवनमा अत्यन्त हानिकारक मानिएको कुकुरको दिसापिसाब जताततै भेटिन थालेपछि महानगरले सार्वजनिकस्थलमा शौच गराइएको भेटिए कारवाही तयारी थालेको बताएको छ ।

महानगरको वातावरण व्यवस्थापन विभागले कुकुरलाई सार्वजनिकस्थलमा नभई घरैमा सुरक्षित ढङ्गबाट शौच गराउन पनि आग्रह गरेको छ ।

कुकुरको दिसापिसावबाट मानव जीवनमा गम्भीर प्रकारको रोग निम्त्याउने भएकाले घर पालुवा कुकुरलाई घरमै शौच गराउन आग्रह गरिएको कामपाका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठ जानकारी दिए ।

एक अध्ययनअनुसार एउटा कुकुरले वर्षको औशत २७४ पाउन्ड (एक लाख २४ हजार २८४ ग्राम) दिसा गर्छ । कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फिकल कोलिफर्म ब्याक्टेरिया हुन्छन् ।

एउटै कुकुरको दिसा जथाभावी फालियो भने एक वर्षमा २८ अर्ब ५८ करोड ५३ लाख २० हजार त्यस्ता हानिकारक ब्याक्टेरिया फैलिने जानकारको भनाइ छ । कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म, टेपवर्मजस्ता जुकाका अण्डा मानिसको शरीरमा प्रवेश गर्ने बताइन्छ ।

कुकुरको शौचबाट आउने ब्याक्टेरियाले मानिसलाई गम्भीर प्रकारको रोग लाग्ने चिकित्सक बताउँछन् । हाल काठमाडौँ महानगरपालिकामा करीब ८० हजार घरपालुवा र २२ हजार सामुदायिक कुकुर रहेको अनुमान छ

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here