रोकिएन नारायणगढ-मुग्लिन सडकमा पहिरो,वैकल्पिक बाटोको प्रयोग गर्न आग्रह

फाइलफोटो

काठमाडौं । लगातार पहिरो खसिरहेकाले नारायणगढ–मुग्लिन सडक खुलाउन कठिनाइ भएको छ ।

हिजो दिउँसो साढे १ बजेदेखि चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा लगातार पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सडकमाथिबाट ठूला–ठूला ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो हटाउन पाँच वटा डोजर तयारी अवस्थामा राखिएको छ । तर, वर्षासँगै पहिरो नरोकिएकाले सडक खुलाउन सकिएको छैन ।

पहिरोका कारणले आज पनि बाटो रोकिने अवस्था छ । भरतपुरको डिभिजन सडक कार्यालयका दुईवटा डोजर पहिरो गएकै ठाउँमा छन् ।

तर डाँडाको माथिबाट ठुला ढुंगाहरू खसेर सडकमा बजारिने गरेका कारणले खसेको पहिरो खासै ठूलो नभए पनि सफा गर्न गाह्रो हुने गरेको छ । आज सकेसम्म यो सडकमा यात्रा नगर्न र गर्नै परे वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here