मापसेले रोक्यो एनआरएनए अध्यक्ष भवन भट्टलाई जहाजको यात्रा

काठमाडौं, ८ भदौ । गैरआवासीय नेपाली संघ (एनआएएनए)का अध्यक्ष भवन भट्ट अधिक मादक पदार्थ सेवन गरेको आरोपमा जहाजबाटै फिर्ता गरिएका छन् ।

सिंगापुरको सिल्क एयरले उनलाई त्रिभुवन विमानस्थलबाट सिंगापुर उड्ने क्रममा जहाजबाट फिर्ता पठाइदिएका हुन् । भट्टसँगै रहेका उनका सहयोगी सनत न्यौपानेल गरेको पुष्टी गरेका छन् ।

शनिबार राती नै फेसबुक लाइभमा आएका न्यौपानेले विमानस्थलको सबै प्रक्रिया पुरा गरी जहाजमा बसिसकेको अवस्थामा समेत आफूहरुलाई जहाजबाट अपमानित ढंगले निकालिएको उनको दावि रहेको छ ।

सिल्क एयरबाट सिंगापुरमा उपचारको क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न आपूहरु सिंगापुर जान लागेको उनले उल्लेख गरेका छन् ।

सामान्यतया विदेशमा यस प्रकारका घटना बढी सुनिन्छन् । नेपालीहरु भने मादक पदार्थ सेवन गरी जहाज चढ्न हिच्किचाउने भएपनि भट्टले भने धेरै पटक यस नियमलाई चूनाति दिने गरेका छन् ।

कुनै यात्रुका कारण जहाजमा रहेका धेरै यात्रुमा असर पुग्ने अवस्था देखिएमा जहाजका पाइलटले यात्रुलाई बाहिर निकाल्न सक्ने अधिकार छ ।

उनीहरुलाई पनि सिल्क एयरका पाइलट आएर बाहिर निस्कन आदेश दिएको विमानस्थल स्रोतको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here