श्री एयरलाइन्सका सबै उडान स्थगित

फाइलफोटो

काठमाडौं । श्री एयरलाइन्स प्रालिले आज (आइतबार)का लागि निर्धारित सबै उडान स्थगित गरेको छ । उडान स्थगित गरी आइतबार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ ।

धनगढीनजिक पुगिसकेको विमान यसकारण फर्काइयो काठमाडौं शनिबार धनगढीका लागि उडेको श्री एयर २२५ उडान नम्बरको विमानमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं नै फर्काइएको थियो । सोही घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको छ ।

सोमबारबाट भने सम्पूर्ण उडानहरू सञ्चालन गरिने जनाइएको छ । सो घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एयरलाइन्सले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here