शेयर बजार ओरालो लाग्ने क्रम जारी, नेप्से साढे ३ अंकले घट्दा ३५ करोडको कारोबार

काठमाडौं, ८ भदौ । आइतवार नेप्से परिसूचक ३.४५ अंकले घटेर १ हजार २ सय ९.६२ अंकमा झरेको छ ।

आइतवार होटल र उत्पादन क्षेत्र बाहेक अन्य सबै समुहको सूचक घटेको कारण सिङ्गो नेप्से परिसूचक नै घटेको हो ।

आइतवार सबैभन्दा धेरै जलविद्युत समुहको सूचक घट्यो । जलविद्युतको सूचक १.४५ प्रतिशतले घट्दा, जीवन बिमा समुहको ०.९० प्रतिशत, ट्रेडिङ समुहको ०.७३ प्रतिशतले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

आइतवार १ सय ७१ कम्पनीको १२ लाख ७५ हजार ६ सय २३ कित्ता शेयर किनबेच हुदाँ ३५ करोड २ लाख ६९ हजार रुपैयाँको कारोबार भयो ।

सिर्जना फाइनान्सका शेयर धनीले आइतवार सबैभन्दा धेरै कमाए । सिर्जना फाइनान्सको शेयर मूल्य ४.२१ प्रतिशतले बढ्यो ।

त्यस्तै, सर्पोट लघुवित्त वित्तीय संस्थाको ३.३४ प्रतिशत, सन्धिु विकास बैंकको ३.१३ प्रतिशतले बढ्यो भने अन्य कम्पनीको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा पाँचथर पावर कम्पेन्टका शेयर धनी रहेका छन् । कम्पेन्ट शेयर मूल्य ७.२० प्रतिशतले घट्यो ।

त्यस्तै, यूनिभर्सल पावर कम्पनीको ४.८१ प्रतिशत, आईएमई जनेरल इन्स्योरेन्सको ३.५६ प्रतिशतले घट्यो भने अन्य कमपनीको सामान्य अंकले घट्यो ।

आइतवार सबैभन्दा धेरै कारोबार गर्नेमा छिमेक लघुवित्त विकास बैंकका शेयर धनी रहेका छन् । छिमेक लघुवित्त विकास बैंकले आइतवार ३ करोड २१ लाख ३० हजार रुपैयाँको करोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here