५ महिनामै धमला पत्नी एलिजाले गरिन् नागरिक उन्मुक्ति पार्टी परित्याग

काठमाडौं । पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमले नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी छिन् । गत माघमा नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी उनले बिहीबार फेसबुकमा एक पोस्टमार्फत् राजनीतिबाट विदा लिएको जानकारी गराएकी हुन् ।

मोडल तथा कलाकार समेत रहेकी

साम्पाङको वृक्षारोपण अभियानमा सघाउँदै गर्दाको तस्बिरहरु सेअर गर्दै उनले लेखेकी छन्, ‘मेरा आगामी दिन समाज सेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।’ उनले दलको सक्रिय राजनीति गर्नेहरुलाई एकपटक धरान पुगेर मेयर साम्पाङको काम हेर्न समेत अनुरोध गरेकी छन् ।

उनले लेखेकी छिन् , ‘दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here