सभामुखसहित गनेर कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको दाबी पेस

काठमाडौं । गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीको रूपमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले दाबी प्रस्तुत गरेका छन् ।

यहाँ गठबन्धनसँग ४६ सांसद छन् । एमाले-राप्रपासँग पनि ४६ नै सीट रहेको छ । राप्रपाले गठबन्धनलाई साथ नदिएपछि सभामुख बाबुराम गौतमलाई माओवादी सांसद गनेर बहुमत संख्या पुर्‍याएर सरकारको दाबी गरेका हुन् ।

थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाका १ सांसदको समर्थन छ । मुख्यमन्त्री नियुक्त हुन सभामुखलाई समेत गणना गरिएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८(२) बमोजिम दुई वा दुई भन्दा दुई दलका तर्फबाट दाबी पेस गर्न आज ५ बजेसम्मको समय दिएका थिए । असार १५ गते एमालेका हिक्मत कार्कीले विश्वासको मत लिन नसकेपछि सरकार ढलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here