न्यू साउथ वेल्समा विदेशी लाइसेन्सले गाडी चलाउन नपाउने

एजेन्सी । अष्ट्रेलियाको न्यू साउथ वेल्सराज्यमा जुलाई १ बाट अन्तर्राष्ट्रिय सवारी चालक अनुमति पत्र (लाइसेन्स)ले ६ महिनाभन्दा बढी समय गाडी चलाउन नपाउने व्यवस्था गरेको छ । ६ महिना भित्र अष्ट्रेलियन लाइसेन्स लिनुपर्नेछ।

हाल हजारौं विदेशी विद्यार्थीले आफ्नो लाइसेन्सबाट निर्वाध रूपमा गाडी चलाउँदै आएका थिए। सरकारको नयाँ निर्णयले धेरैलाई अप्ठ्यारो पर्नसक्ने देखिएको छ। पछिल्लो समयमा बढ्दो सवारी दुर्घटना र लापरबाहीलाई ध्यानमा राखेर अन्य कुनै पनि विदेशी लाइसेन्सवाहकलाई गाडी चलाउन रोक लगाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here