स्मार्ट क्यूआर र नेपाल पे क्यूआर अन्तरआबद्ध ,भुक्तानीमा सहज

काठमाडौं । नेपाल पे क्यूआर र स्मार्ट क्यूआरले नेटवर्कस्तरमा अन्तर आबद्ध भई सेवा शुरू गरेका छन् । आइतबार एक कार्यक्रमबीच विभिन्न बैंक तथा वालेटका प्रतिनिधिले दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् ।

सो कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानलगायतको सहभागीता रहेको थियो ।

क्यूआर भुक्तानीलाई थप प्रवर्द्धन गर्न नेटवर्कस्तरको अन्तरआबद्धता सहित सञ्चालनका लागि सहकार्य भएसँगै नेपाल पे क्यूआरमार्फत आबद्ध भएका विभिन्न मोबाइल बैंकिङ, वालेट र कनेक्ट आईपीएसका प्रयोगकर्ताले स्मार्ट क्यूआर नेटवर्कमा आबद्ध सम्पूर्ण मर्चेन्टमा सजिलै भुक्तानी गर्न सक्ने भएका हुन् ।

यसैगरी स्मार्ट क्यूआर नेटवर्कको मोबाइल बैंकिङ र वालेटले नेपाल पे क्यूआर नेटवर्कमा आबद्ध मर्चेन्टमा सजिलै भुक्तानी गर्न सक्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here