त्रिवि पदाधिकारी, शिक्षक, कर्मचारीलाई अनलाइनबाट सम्पति विवरण बुझाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले त्रिवि पदाधिकारी, शिक्षक, कर्मचारीलाई अनलाइनबाट सम्पति विवरण बुझाउन निर्देशन दिएको छ ।

कार्यालयले आथिर्क वर्ष सुरू भएको ६० दिनभित्र सम्पति विवरण भर्नुपर्ने नियमानुसार आ व २०८०र८१ को विवरण गत वर्ष जस्तै राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको अनलाइन सफ्टवेयरमा सम्बन्धित कार्यालयबाटै सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको हो ।

त्यस्तै जिल्लाका कार्यालयका पदाधिकारी, शिक्षक, कर्मचारीलाई भदौ २० गतेभित्र सम्पति विवरण बुझाउन अनुरोध गरेको छ ।

अनलाइन सफ्टवेयरमा सम्पत्ति विवरण बुझाउने, ढिलो बुझाउने र नबुझाउने पदाधिकारी, शिक्षक, कर्मचारीको विवरण भर्नुपर्ने व्यवस्था गरिएको कार्यालयले जानकारी दिएको छ ।
सम्पत्ति विवरण लाह छाप गरी बुझी लिई, बुझी लिएको विवरण अनलाइन सफ्टवेयरमा आ व२०७९र८० को सम्पत्ति विवरण २०८० भदौ २० गतेभित्र भरिसक्नपर्ने छ । त्यसको जानकारी कर्मचारी प्रशासन महाशाखामा उपलब्ध गराउन अनुरोध गरेको छ ।

भदौ २२ गतेदेखि २८ गतेसम्म बुझाउन ल्याएको अवस्थामा सोही दिन नै अनलाइन सफ्टवेयरमा प्रविष्ट गर्न कार्यालयले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here