बीआरआई कार्यान्वयन योजनाको छलफलमा सरकार, अहिलेसम्म प्रगति शून्य

`
काठमाडौं । सरकारले सन् २०१७ मा चीनसँग भएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई)को कार्यान्वयबारे छलफल भइरहेको जानकारी गराएको छ। परराष्ट्रमन्त्री एनपी साउदले बिहीबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै दुई देशबीच बीआरआई कार्यान्वयन योजनामा छलफल जारी रहेको बताएका हुन् ।

नेपाल र चीनबीच सन् २०१७ मा बीआरआईसम्बन्धी सम्झौता भएको थियो। यद्यपि बीआरआईका कुन-कुन परियोजनालाई कसरी अघि बढाउने भन्‍ने विषयमा भने कुनै निर्णय हुन सकेको छैन।

यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका क्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले बीआरआईअन्तर्गतको परियोजना कार्यान्वयन भएको दाबी गरेका थिए।
तर परराष्ट्र मन्त्री साउदले भने यसअघि पनि बीआरआईको कुनै पनि परियोजना अघि बढ्न नसकेको जानकारी गराएका छन्।

चीनका तत्कालीन विदेशमन्त्री वाङ यीको मार्च २०२२ मा सम्पन्न नेपाल भ्रमणमा हस्ताक्षर भए अनुसार केरुङकाठमाडौँ रेलवेको सम्भाव्यता अध्ययन तथा दुई देश बीच अन्तर देशीय विद्युत प्रसारण लाईनको सम्भाव्यता अध्ययन भइहेको पनि परराष्ट्रमन्त्री साउदले जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here