फेरी बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

काठमाडौं । बिहीबार स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।

बिहीबार छापावल सुनको मूल्य १ लाख १२ हजार ४ सय प्रतितोला तोकिएको छ । त्यस्तै तेजावी सुनको मूल्य १ लाख ११ हजार ८५० र चाँदीको मूल्य १४ सय ४० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।

बुधबार छापावल १ लाख ११ हजार ६ सय र तेजावी सुन १ लाख ११ हजार ५० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै चाँदी प्रतितोला १४ सय रुपैयाँमा किनबेच भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here