रास्वपाकी सासंद डा तोसिमा कार्कीले मागिन माफी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीकी सासंद डा तोसिमा कार्कीले माफी मागेकी छिन् । आफुले बुधबार सीता दाहाललाई सम्झिनेक्रममा व्यक्त गरेका अभिव्यक्तिप्रति माफी मागेकी हुन् । कार्कीले व्यक्त गरेको अभिव्यक्तिको सामाजिक सञ्जाल र मिडियामा आलोचना भएपछि उनले आफुले बोलेको भिडियो पोष्ट गर्दै माफी मागेकी हुन् ।
‘हिजो बोलिएका शब्दहरु तोडमोड विना जस्ताको तस्तै यस्ता थिए‘ फेरी पनि मेरा कुनै अभिव्यक्तिले या तोड मोड गरी रखिएको भिडियोले पनि कसैको मनोभावनमा ठेस पुगेको भए माफी माग्दै आदरणिय सीता दाहाल प्रति भावपूर्ण श्रद्दान्जली पुन अर्पण गर्न चाहन्छु,’ उनले भनिन् ।

बुधबार सीता दाहालको श्रद्धान्जली अर्पणका क्रममा मिडियाकर्मीसँग प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीका लागि केही गर्न सक्नु भएन भनेपछी विवादमा तानिएकी हुन् । उनले आफ्नै श्रीमतीलाई त समय दिन सक्नुभएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रका लागि के गर्नुहोला त भन्ने प्रश्न पनि आउन सक्छ भनेकी थिइन् । उनको त्यस्तो वक्तव्यको चौतर्फी रुपमा विरोध भएकोहो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here