नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका थप एक पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जना पक्राउ परेका छन् । असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

२७ असारमा कार्यालयको टोलीले काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरेको हो ।

उनीमाथि ठगी तथा संगठित अपराध समेतको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here