सञ्चार सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं। सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

बिहीबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले २४ घण्टाभित्र राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

ललिता निवास प्रकरणमा केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीको टोलीले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई असार २० गते पक्राउ गरेको थियो।

उनका भाइले गैरकानुनीरुपमा राउतलाई थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दिएका थिए।

प्रहरीले विभिन्न ४ वटा मुद्दामा ४०६ जनालाई फरार प्रतिवादी बनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here