आइसीसीले गर्यो महिला र पुरुषलाई बराबर पुरस्कार दिने घोषणा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले महिला र पुरुषको पुरस्कार राशी सम्बन्धी ऐतिहासिक घोषणा गरेको छ । आइसीसीले महिला तथा पुरुषको पुरस्कार राशी बराबर हुने घोषणा गरेको हो ।

दक्षिण अफ्रिकाको डर्नमा भएको वार्षिक सम्मेलनका अवसरमा आईसीसीले आफ्ना सबै महिला र पुरुष टोलीको पुरस्कार रकम समान बनाउने घोषणा गरेको हो । यससँगै महिला र पुरुषको उस्तै किसिमको प्रतियोगिता विजेतालगायतले पाउने पुरस्कार रकम पनि बराबर हुनेछ ।

घोषणाका क्रममा आईसीसी अध्यक्ष ग्रेग बार्कलेले खेलको इतिहासमा महत्त्वपूर्ण क्षण भएको भन्दै खुशी व्यक्त गरे ।

आईसीसी महिला विश्वकप, महिला टी९२० विश्वकप र यू९१९ महिला विश्वकपको विजेताले पुरुषकै समान पुरस्कार पाउने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here