बससँग ठोक्किएपछि सप्तकोसीमा ट्रक खस्यो, तीन जनाको उद्धार

काठमाडौं । कोशी ब्यारेजबाट मालवाहक ट्रक सप्तकोसी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ख ३००७ नम्बरको ट्रक खसेको हो ।

उक्त ट्रक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख १७६५ नम्बरको बससँग ब्यारेजको पुलमा ठोक्किएको थियो ।

प्रहरीले ट्रकमा सवार तीन जनाको सकुशल उद्धार गरेको छ । कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ । बार भत्किएकै ठाउँबाट ट्रक नदीमा खसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here