निर्माण व्यवसायी आन्दोलित, तत्काल भुक्तानी र ठेक्काको म्याद थप्नुपर्ने माग

काठमाडौं । सरकारले भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायी आन्दोलित भएका छन् ।

निर्माण सम्पन्न भई बिल पेश गरिएका आयोजनाको सरकारले लामो समयदेखि भुक्तानी रोकेको भन्दै उनीहरु माइतीघरमा धर्ना बसेका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्त्वमा व्यवसायीहरु विभिन्न माग राख्दै धर्नामा बसेका हुन् । निर्माण व्यसायीले लामो समयदेखिको बाँकी बिल तुरून्त भुक्तानी गर्नुपर्ने, ठेक्काको म्याद थप्नुपर्ने, निर्माण सामग्रीको मूल्य समायोजन गर्नुपर्ने लगायत माग राखेका छन् ।

सरकारले भुक्तानी नदिँदा आफूहरुले बैंकको ब्याजसमेत तिर्न नसकेको, कालोसूचीमा पर्ने जोखिम बढेको, आत्मदाह गर्नुपर्ने अवस्था आउन लागेको व्यवसायीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here